प्रधानमन्त्रीलाई सामाजिक सञ्जा‍‍लमा प्रश्न- शुभकामना सन्देशमा चुच्चे नक्सा खोइ ?

 

राष्ट्रिय दैनिक / काठमाडौँ —८ कार्तिक

प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामना व्यक्त गर्नका लागि प्रयोग गरेको निशान छापमा रहेको नक्सालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रश्न गरेका छन् । शुक्रबार प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुक, ट्वीटरलगायतबाट दसैंको शुभकामना सन्देश व्यक्त गरेका थिए । सन्देशमा प्रयोग गरिएको निशान छाप पुरानो रहेको भन्दै प्रश्न गरिएको छ- कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ चुच्चे नक्सा खोइ ?

शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले आफ्नो तस्बिरसँगै नेपालको निशान छापको पनि प्रयोग गरेका थिए । उक्त निशान छापमा रहेको नक्सामा नेपालको पुरानै नक्सा राखिएको भन्दै प्रश्न उठेको हो । प्रधानमन्त्री ओलीले प्रयोग गरेको निशान छापमा भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा भएको चुच्चे नक्सा प्रयोग नगरिएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विरोध गरेका छन् ।

सरकारले जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा प्रकाशित गरेको थियो । त्यसपछि तीन क्षेत्रलाई नेपालको निशान छापमा रहेको नक्सा संशोधन गर्नका लागि संविधान पनि संशोधन गरिएको थियो । हाल यही नक्सा प्रयोगमा छ । तर, प्रधानमन्त्री ओलीले नै संसदबाट पारित भएको नक्सा प्रयोग नगरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ता र राजनीतिक दलका नेताहरूले विरोध जनाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले लिम्पियाधुरा क्षेत्र भएको नक्सा प्रयोग नगर्नुलाई त्रुटि मान्न नसकिने बताएका छन् । ट्वीटरमा उनले लेखेका छन्, ‘लिम्पियाधुरारहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौं सम्माननीय प्रधानमन्त्री ? गम्भीर विमती दर्ज होस् ।’

कालापानी क्षेत्र फिर्ता गर्ने भनेर प्रधानमन्त्री ओलीले गर्दै आएको भाषणतर्फ संकेत गर्दै शर्माले अगाडि लेखेका छन्, ‘देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा विसर्जन ?’

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले निशान छापमा रहेको नक्सामा लिम्पियाधुरा क्षेत्र नभएको भन्दै सच्याउन आग्रह गरेका छन् भने केहीले भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री ओलीले गरेको पछिल्लो भेटको प्रभाव भनेर पनि आलोचना गरिरहेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot