Rashtriya Dainik

सारा शक्ति लाएर काङ्ग्रेसबाटै खेदिएका खनाल बने माननीय

राष्ट्रिय दैनिक /नवलपरासी ,२४ फागुन

नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाका उम्मेदवार बिक्रम खनाल बिजयी भएका छन ।खनालले प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका विनोदकुमार चौधरीलाई ३५ हजार ७३९ मतान्तरले पछि पार्दै विजयी भएका हुन । कुल ८२ हजार १०७ मतमा खनालले ४५ हजार २४१ मत पाउँदा चौधरीले ९ हजार ५०२ मत पाएका छन । तेस्रोमा एमालेका रामप्रसाद पाण्डेले ७ हजार ९५६ प्राप्त गरेका छ्न ।

अघिल्लो निर्वाचनको ३ बर्षपछी खनाल काङ्ग्रेसबाट कारबाहीमा परेका थिए ।प्रतिनिधि सभा सदस्यमा बिनोद कुमार चौधरीले निर्वाचन जितेपछि पनि उनैलाई हराउन भूमिका खेलेको भन्दै तत्कालीन पार्टीबाट उनी कारबाहीमा परेका थिए।लुम्बिनी प्रदेशको महामन्त्रीको पद समेत नरहने गरी जिल्लाका नेताहरुको चर्को दबाबमा ३ बर्षपछी खनाल कारबाहीमा परेका थिए।कारबाही पछि फुकुवाका लागि खनालले निकै संघर्ष गरे पार्टी पङ्ती र केन्द्रिय नेतृत्वले जिल्लाका केही नेताको दबाबमा उनलाई कारबाही गराएरै छाडियो ।

काङ्ग्रेसका निबर्तमान केन्द्रिय सदस्य देवेन्द्र राज कण्डेल,लुम्बिनी प्रदेश मन्त्री देवकरण कलवार र बिनोद चौधरी निकट रहेका काङ्ग्रेसको सिङ्गो पङ्ती नै खनाल बिरुद्ध हात धोएर लागे ।काङ्ग्रेसको प्रभावशाली नेताको रुपमा रहेका खनाललाई पार्टीबाट निष्कासन गरेपछि आफुहरुको राजनीतिक भविष्य उज्ज्वल हुने भ्रममा जिल्ला देखि प्रदेश र केन्द्र सम्मकै नेताहरु पार्टीबाटै निष्कासन गर्न संघर्ष गरे ।अनुशासनको कारबाही गरि खनाललाई पार्टी बाट निष्कासन गरिएपछि संगठन सुधारिनु पर्नेमा नवलपरासी १ मा काङ्ग्रेसको सङ्गठन थप धरासायी बन्यो ।आम कार्यकर्तामा बिचलनको अवस्था आयो ।

१३ बर्षको उमेर देखी विद्यार्थी संगठन निर्माण देखि लामो समय काङ्ग्रेसमा पसिना बगाएका खनाल पार्टीबाटै संरक्षणको अनुभुती नहुनु र पटक पटक खेदिएपछी उनी पार्टीबाट अल्लगिन बाध्य भएको उनको अभिव्यक्तिले प्रष्ट हुन्छ ।निर्वाचनको मुखमै रास्वपा बाट उनी उम्मेदवार बनेपछि क्षेत्र नम्बर १ मा काङ्ग्रेस त्याग्नेको लहर चल्यो एक प्रकारले काङ्ग्रेसमा पहिरो गयो काङ्ग्रेसको सङ्गठन थप कमजोर बन्यो।काङ्ग्रेस त्यागेका एउटा ठूलो पङ्क्ती नै खनाललाई जिताउन लागि पर्यो ।

पार्टी छोड्ने क्रम चलिरहदा काङ्ग्रेस भित्रकै नेतृत्वले यो पार्टी भित्रको चरम असन्तुष्टिको मुल्यांकन गर्न नसकी “रुखबाट दुई चार ओटा पात झर्दैमा केही फरक पर्दैन”भन्ने अभिव्यक्तिले आम कार्यकर्ता र खनाल पक्षधरका काङ्ग्रेस नेतृत्वलाई रुष्ट्यायो ।फलस्वरुप धमाधम पार्टी परित्याग गर्नेको लहर चल्यो ।खनालका प्रतिष्पर्धी उम्मेदवार बिनोद चौधरी निकटका काङ्ग्रेस कार्यकर्ता र केही नेताहरुले पार्टीमा फर्कने बाताबरण तयार गर्नुको साटो यो ब्यवहारले अन्यलाई समेत पनि पार्टी छोड्न उक्सायो बाध्य बनायो ।खनाललाई कारबाही गर्न मुख्य भूमिका निर्वाह गर्ने देवेन्द्र राज कन्डेल मनोनयनको अन्तिम समयमा उम्मेदवार हुन पाएनन ।

अहिले नवलपरासीका दुबै क्षेत्रका उम्मेदवारलाई हराउन भुमिका खेलेको आरोपमा उनलाई जिल्ला अनुशासन समितिले ५ बर्षका लागि साधारण सदस्य समेत नरहने गरि कारबाहीको सिफारिस गरिएको छ ।
यो अवस्थालाई अधिकाङ्सले बिक्रम खनाल माथी गरिएको कर्मको फल क्रमशः अहिले आएर कंडेलमाथी नै फर्किएको कार्यर्ताहरुले बताउन थालेका छ्न ।खनाल काङ्ग्रेसको सकृय राजनीति र पदमा रहदा उनिबाट लाभ लिएर प्रदेश सभा सदस्य,पालिका अध्यक्ष बनेका नेताहरुनै खनाललाई कारबाही गरी पार्टीबाट टिकट दिन नहुने कसरतमा रहेको टिप्पणी समेत हुने गरेको छ । उनिहरु शक्ति र शत्ता सन्तुलन मिलाउन खप्पिस रहेको कार्यकर्ताहरुको बुझाई छ ।”जति पनि अहिले कोहि प्रदेश मान्य,कोहि पालिका अध्यक्ष बनेका छ्न,यो सब बिक्रमको योगदान हो,अहिले सबै शक्तिको पछि लागे,उनिहरुलाई पनि सबैले चिने”एक काङ्ग्रेसका नेताले भने ।

रास्वपा बाट उम्मेदवार बनेका खनाल भारी मतान्तर सहित बिजयी भएका छ्न ।काङ्ग्रेसका उम्मेदवार बिनोद चौधरीलाई भारी मतले पछि पार्दै उनी निर्वाचित भएका छ्न ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित