Rashtriya Dainik

काठमाडौं विश्वकै प्रदूषित शहरको स्थानमा, घरबाहिर ननिस्कन आग्रह

काठमाडौं ,२४ फागुन।

काठमाडौं उपत्यकाको वायु गुणस्तर अस्वस्थकर तहमा पुगेको छ। पछिल्ला केही दिनदेखि घाम राम्रोसँग नलाग्नु र वायुमण्डलमा रहेका फोहोरका कणहरू सतहमा झर्ने क्रम बढेसँगै वायु प्रदूषण बढेको हो।

वायु गुणस्तर मापन गर्ने संस्था आइक्यु एयरका अनुसार हाल काठमाडौं उपत्यका विश्वका प्रदूषित शहरहरूमध्ये तेस्रो स्थानमा परेको छ। वायुमण्डलमा धुलो, धुँवा तथा अन्य प्रदूषक कणहरूको मात्रा बढ्दै जाँदा वायुको गुणस्तर खस्किएको जनाइएको छ।

प्रदूषण बढेसँगै उपत्यकाको आकाश धुम्म देखिन थालेको छ भने टाढाका डाँडाकाँडा प्रष्ट देखिन छाडेका छन्। वायु प्रदूषण बढ्दा श्वासप्रश्वास सम्बन्धी समस्या हुने जोखिम पनि बढ्ने भएकाले बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरूलाई विशेष सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्।

विशेषज्ञका अनुसार वर्षा नहुनु, सवारीसाधनको धुँवा, निर्माण कार्यबाट उड्ने धुलो तथा डढेलोका कारण पनि उपत्यकामा वायु प्रदूषण बढ्ने गरेको छ। अहिलेको अवस्थामा अत्यावश्यक कामबाहेक बाहिर कम निस्किन र मास्क प्रयोग गर्न पनि सुझाव दिइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित