Rashtriya Dainik

लगनशिल महिला उद्यम समुहकाे प्रथम बार्षिक साधाहरण सभा सम्पन्न ।

दिपेन्द्र खत्री, २१ फागुन गुल्मी ।
धुर्कोट गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग सिर्जनशिल सामुदायिक विकास केन्द्र गुल्मी द्वारा संचालित सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजना अन्तरगत गठित लगनिशिल महिला उद्यम समुह धुर्कोट गाउँपालिका वडा नं ३ हाडहाडेमा आफ्नो प्रथम बार्षिक साधाहरण सभा सम्पन्न भएको छ।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलको प्रमुख आतितथ्यतामा सम्पन्न भएको कार्यक्रममा धुर्कोट गाउँपालिका अध्यक्षले गाउँपालिकाले यो परियोजनाको माध्याम वाट गाउँपालिकाको चार वटा वडामा २ हजार घर परिवार लाई उद्यमी बनाउने उदेश्यका साथ अगाडी बढेको जानकारी गराउनु भयो ।समुहलाई गाउँपालिकाले थप कार्यक्रम र पुरस्कृत गर्ने साथै थप काम गर्न उत्साहित हुदै लाग्न निर्देशन समेत दिनुभयो।

त्यस्तै उक्त कार्यक्रममा बोल्नुहुदै धुर्कोट गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष विष्णु वहादुर थापा श्रीसले वडामा ५ वटा मुल समुह र १४ वटा उपहार समुह रहेको जुन समुह मध्ये यस समुहले नमुना युक्त काम गरेको हुदा यो समुहलाई थप उत्साहका साथ धुर्कोटकै नमुना समुहको रूपमा अगाडी बढ्न शुभकामना दिनुभयो।

कार्यक्रममा समुहकि उपाअध्यक्ष देउका काउछाले समुहको एक वर्ष सम्म गरेको काम र त्यसको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो। लगनशिल महिला उद्यम समुहकि अध्यक्ष श्याम कुमारी रानाको अध्यक्षता सहसचिव मिरा थापाको स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रममा धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलको प्रमुख आतित्थता वडा अध्यक्ष विष्णु वहादुर थापा श्रीस, पशु बिकास अधिकृत श्याम बहादुर कार्की, वडा सदस्य डिल बहादुर थापा, वडा सदस्य कमला वि क, वडा सदस्य सावित्रा बस्नेत वडा सचिव नारायण पन्थी,समाज सेवि डिल बहादुर काउछा; प्रेम बहादुर काउछा, तुल बहादुर काउछा, हेफर प्रोजेक्ट नेपाल अन्र्तरगत पार्वता श्रेष्ठ सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजनाका परियोजना संयोजक शंकर नेपाली, प्राविधिक संयोजक नारायण जि सी सामुदायिक सहजकर्ता लक्ष्मण सुनार पशु प्राविधिक गणेश थापा लगाएतको आतित्थता रहेको कार्यक्रमको संचालन समुहकि सचिव मिना भुजेलकोले भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित