Rashtriya Dainik

पर्सामा रक्तदान कार्यक्रम सम्पन्न

राजन बानिया/पर्सा २१ फागुन
रक्तसंचार केन्द्र बिरगंजमा रगतको अभाव भएपछी रक्तदान जिवन दान भने नारा का साथै पर्साको पोखरिया नगरपालिका मा रहेको रेडक्रस अगाडि अाज रक्तदान कार्यक्रम सम्पन्न भएको छ।पोखरिय नगरपालिका , नेपाल रेडक्रस सोसाइटी पोखरिया शाखा ,सशस्त्र प्रहरी बल पोखरिया,मिडिया पार्टनर अाकास एफएम पोखरिया को संयुक्त अायोजना मा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।रक्तदान कार्यक्रम मा ८३ जना ले रक्तदान गरेका छन।
रक्तदान गर्नु हुनेमा सुरेन्द्र चौहान,नवराज कुमार गिरी,धिरज कुर्मी,उदय सराफ,निरज महतो,बिबेक चौहान,मनिष पटेल,राजकुमार साह,राकेश यादव,अब्दुल कलाम,शम्भु दास तत्वा,पंकज यादव,रुपेश कुमार ,मुना अालम,लगायत ८३ जना ले रक्तदान गरेका थिए ।रक्तदान कार्यक्रम पोखरिया नगरपालिका का नगरप्रमुख दिपनारायण रौनियार को प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रम भएको थियो भने नेपाल रेडक्रस सोसाइटी पोखरिया शाखा को सभापति भगवान प्रसाद कुर्मी को सभापतित्व मा समपन भएको छ।रक्तदान कार्यक्रम मा नेपाल रेडक्रस सोसाइटी पर्सा का कार्यक्रम प्रमुख उदवराज शर्मा, जिल्ला सदस्य दयाशंकर सिंह, जसपा का बिधार्थी नेता सुजित गिरी,मेयर का स्वकिय सचिव राजु साह, सहयोग रक्तसंचार केन्द्र का उदवराज शर्मा,सुजित पटेल,सेखर गुप्ता ,लिलाधर साह,दिपक सहनीलगायत को सहभागिता रहेको थियोे ।रक्तदान गरेका रक्तदाता हरु लाई नगरप्रमुख रौनियार ले प्रमाण पत्र समेत बितरण गरिएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित