Rashtriya Dainik

लज्जास्पद हा-रपछि गगन र केपीलाई पार्टीको नेतृत्व छाड्न नैतिक द-बाब !

काठमाडौँ ,२३ फागुन।

एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति गगन थापाको लज्जास्पद हार भएको छ । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ओलीको झापा-५ र थापाको सर्लाही-४ मा लज्जास्पद हार भएको हो ।

यी दुवै ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जित निकालेको छ ।

झापा-५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र सर्लाही-४ बाट अमरेशकुमार सिंह विजयी भएका छन् । बालेन र सिंहले प्रतिद्वन्दीलाई भारी मतले हराएका हुन् ।

लज्जास्पद हारपछि अहिले एमाले अध्यक्ष ओली र काँग्रेस सभापति गगन थापालाई पार्टीको नेतृत्व छाड्न नैतिक दबाब परेको छ ।

जेन-जी आन्दोलनपछि पार्टी सुधार्ने नाममा पार्टी सिध्याएको आरोप लागेपछि उनीहरु दुवैजनामाथि नेतृत्व छोड्नुपर्ने नैतिक दबाब परेको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित