Rashtriya Dainik

पर्सा–२ का उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

पर्सा,२० फागुन — नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।
नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरि बहादुर बस्नेतले जानकारी दिएका छन्।
प्रहरीका अनुसार गाडीमा केही शंकास्पद वस्तु फेला परेको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त क्षेत्रलाई घेराबन्दी गरिएको छ। बरामद सामग्रीबारे थप अनुसन्धान भइरहेको र पत्रकार सम्मेलनमार्फत विस्तृत विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
यसैबीच, प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) सिरहा क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादव पनि मौन अवधिमा नगदसहित पक्राउ परेका थिए।
निर्वाचन नजिकिँदै जाँदा विभिन्न जिल्लामा सुरक्षा जाँच कडा पारिएको प्रहरीले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित