काठमाडौँ,२० फागुन — नेपाल राष्ट्र बैंकले प्रतिनिधिसभा सदस्यको आमनिर्वाचनको बिदाका दिन पनि सीमित बैंकिङ सेवा सञ्चालनमा राख्न निर्देशन दिएको छ। निर्वाचनलाई मध्यनजर गर्दै आवश्यक वित्तीय कारोबार रोकावट नहोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ। तर, सरकारी कारोबार गर्ने एजेन्सी बैंकहरू तथा राजनीतिक दल र उम्मेदवारका निर्वाचन प्रचार–प्रसारसम्बन्धी बैंक खाता सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाबाट रकम दाखिला, भुक्तानीलगायतका सेवा उपलब्ध गराइने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ।
निर्वाचनलाई सहज बनाउन आवश्यक शाखाहरू नियमित रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोग नेपालले पनि स्पष्ट पारेको छ।
यस निर्णयले निर्वाचन अवधिमा हुने अनिवार्य वित्तीय कारोबारलाई निरन्तरता दिने विश्वास गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

