Rashtriya Dainik

सिरहा-३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ

सिरहा ,२० फागुन— मौन अवधिमा नगदसहित अशेश्वर यादव पक्राउ परेका छन्। उनी सिरहा क्षेत्र नम्बर ३ का जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का उम्मेदवार हुन्।

प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र–२–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब साढे १२ बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकेको थियो।

जाँचका क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरीले बरामद रकमको स्रोतबारे अनुसन्धान भइरहेको बताएको छ। निर्वाचनको मौन अवधिमा ठूलो परिमाणमा नगद फेला परेपछि थप छानबिन अघि बढाइएको जनाइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित