काठमाडौँ, २० फागुन — नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनका दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ।
प्राधिकरणका अनुसार देशभर सबै प्रकारका आन्तरिक उडानहरू आवश्यकताअनुसार सञ्चालन हुनेछन्। यस्तै, अन्तर्राष्ट्रिय उडानहरू मध्यपूर्वी गन्तव्यबाहेक अन्यत्र नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारिएको छ।
मध्यपूर्वी गन्तव्यतर्फका उडान भने सम्बन्धित देशको निर्णय र उडान हुने विमानस्थलको अवस्थाका आधारमा वायुसेवा कम्पनीले तयार गर्ने संशोधित उडान तालिका अनुसार सञ्चालन हुने प्राधिकरणले उल्लेख गरेको छ। मध्यपूर्वमा विकसित परिस्थितिका कारण ती क्षेत्रका उडानहरू हालका लागि स्थगित हुँदै आएका छन्।
यात्रुहरूलाई आफ्नो उडानसम्बन्धी अद्यावधिक जानकारीका लागि सम्बन्धित एयरलाइन्स वा विमानस्थलसँग सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

