रंजीत शर्मा/ नवलपरासी/ २० फाल्गुन ।
निर्धक भएर खोप लगाउन पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजू प्रसाद गुप्ता (दीपक )ले आग्रह गरेका छन्।
आज विहिवार पाल्हिनन्दन गाउँपालिकाकाे पालिका स्तरीय खाेप समन्वय समितिका पदाधिकारीहरुलाई काेभिड विरुद्धको खाेप सम्बन्धि अभिमखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो अनुरोध गर्नु भएको छ।
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर १ देखि ६ सम्मका लक्षित वर्गलाई फागुन २३ गते देखि काेभिड विरुद्धको खाेप लाग्ने भएको छ ।
काेराेना भाइरस तथा राेग लाग्ने दर र मृत्यु दर घटाउने उद्देश्य साथ काेभिड १९ विरुद्ध खाेपबाट राेगकाे राेकथाम , खाेप लगाउदा ध्यान दिनुपर्ने कुराहरु ,बच्ने उपाय तथा खाेप अभियान सन्चालन रणनीति विषयमा सचेतना कार्यक्रम गरिएको हाे।
फागुन २३ गते देखि चैत को २ गते सम्म संचालन हुने पाल्हिनन्दन गाउँपालिका वडा नम्बर १ देखि ६ सम्मका ६५ बर्ष माथि उमेर समुहका नागरिकलाई पहिलो प्राथमिकता तथा निजि तथा सरकारी विद्यालयका शिक्षक , सार्वजनिक सवारी चालक र सहचालकलाई हाल केही समयरोकी पहिलो र दाेस्राे चरणकाे खाेप अभियानमा छुटेका लक्षित वर्गलाई स्थानीय तहकाे पहिलो चरणकाे खाेप अभियानमा प्राथमिकता दिइने स्वास्थ्यशाखा प्रमुख धर्मजीत पटेलले जानकारी दिनुभएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

