राष्ट्रिय दैनिक / नवलपरासी ,१८ फागुन
प्रतिनिधिसभा निर्वाचन तीन दिन मात्र बाकी रहदा राजनीतिक गतिविधि तीव्र बन्दै गर्दा, दुई दर्जनभन्दा बढी युवाहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा स्थानीय स्तरमा आयोजित कार्यक्रममा उनीहरूलाई कांग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठक, उम्मेदवार भिमबहादुर थापा (भरत) लगायत पार्टीका नेताहरूले स्वागत गरेका थिए।
प्रवेश गर्ने युवाहरूले आफ्नो पार्टी परिवर्तनको कारणको रूपमा देशमा लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक स्थायित्व र विकासका लागि कांग्रेसलाई उपयुक्त पार्टी भएको बताएका छन्। कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य पाठकले स्थानीय युवाशक्ति पार्टीको मेरुदण्ड भएको उल्लेख गर्दै, आगामी फागुन २१ काे निर्वाचनमा उनीहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

रास्वपा परित्याग गर्ने युवाहरूले पार्टीभित्र देखिएको अन्योल र स्पष्ट कार्यदिशाको अभावले गर्दा आफूहरू कांग्रेसमा आएको दाबी गरेका छन्। कांग्रेस उम्मेदवार थापाले भने, “म सधैं युवाहरूको सहकार्यमा स्थानीय स्तरमा विकास र समृद्धि खोज्ने नेता भएको छु। युवाहरूको साथले यहाँ भौतिक र सामाजिक विकासमा गति आउनेछ।”

कार्यक्रममा विभिन्न वडाका युवा प्रतिनिधि, स्थानीय अगुवा तथा कांग्रेसका कार्यकर्ताहरूको उपस्थितिले कार्यक्रमलाई विशेष महत्वपूर्ण बनाएको थियो।
यस कदमले आगामी निर्वाचनअघि नेपाली कांग्रेसमा युवा शक्ति थप सशक्त हुने अपेक्षा गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

