राष्ट्रिय दैनिक /नवलपरासी ,१८ फागुन
नेपाली काङ्ग्रेसका तर्फबाट नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार बिनोद चौधरीले बदलिएको नेपाली काङ्ग्रेसको अबको एजेन्डा आर्थिक क्रान्ती भएको बताएका छ्न ।मुलुकको अर्थतन्त्र धरसायी बनेको अवस्थामा आर्थिक क्रान्तिले मात्रै मुलुकले निकास पाउने उल्लेख गरे ।
बर्दघाट ४ मा आयोजित कोड सभामा बोल्दै उनले मुलुक संकटम परेका बेला काङ्ग्रेसले मात्रै त्यसको निकास निकाल्न सक्ने उल्लेख गर्दै स्पष्ट खाका सहित काङ्ग्रेस अघि बढेको बताए ।
बिगतमा शासन शत्ता सम्हालेका केहि नेतृत्वको निहित मह्त्वकाङ्क्षाका कारण आज देशको यो हालत भएको बताउदै उनले नेतृत्वको दुरदर्शिताले छिमेकी मुलुक भारत आर्थिक बिकासमा चौथो स्थानमा रहन सफल भएको उनले बताए ।”मैले बर्दघाट नगरपालिकाको वडा नम्बर ४ लाई आर्थिक राजधानीको रुपमा बुझेको छु,म चाहन्छु यहाँ बाट सयौ बिनोद चौधरी जन्मिनु पर्छ,यो क्षेत्रले आर्थिक बिकासमा फड्को मार्नु पर्छ”उनले भने ।
आफ्नो पूरा जिवननै उद्योग ब्यवसायिमा समर्पित भएको भन्दै उनले आफुले प्रत्येक उद्यमि ब्यवसायीका पिडालाई नजिक बाट बुझेको बताए ।गुट उपगुटका नाममा यो क्षेत्रको बिकासलाई पटक पटक पछि धकेल्ने काम भएकाले अबको निकास नै यो क्षेत्रको सर्वाङ्गिण बिकास रहेको उनको भनाई थियो ।
आज पार्टी एक ढिक्का भएको अवस्थामा आफुमा फरक उर्जा थपिएको बताउदै उनले यो क्षेत्रको बिकासलाई कसैले छेक्न रोक्न नसक्ने धारणा ब्यक्त गर्दै उनले आम मतादातालाई अघिल्लो पटकको भन्दा भारी मतले जिताउन आह्वान गरे ।कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विश्व प्रेम पाठक बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठ र रास्वपा त्यागेर काङ्ग्रेसमा समाहित भएका रास्वपा नवलपरासीका पुर्व सभापति महेन्द्र सेन ठकुरीले बदलिएको काङ्ग्रेसको पक्षमा मतदान गर्न आग्र गरे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

