Rashtriya Dainik

पर्सामा जसपा नेपालका चर्चित नेता शेख अरमान खाँसहित सयौँ कार्यकर्ता एमाले प्रवेश

राजन कुमार बनिया /पर्सा, १८ फागुन

पर्साको कालिकामाई गाउँपालिका वडा नं. ३ भेडिहारीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) क्षेत्र नं. ४ द्वारा आयोजित कोणसभा तथा पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

भेडिहारीमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी, नेपाल का चर्चित स्थानीय नेता शेख अरमान खाँसहित सयौँको संख्यामा नेता तथा कार्यकर्ताहरूले जसपा नेपाल परित्याग गरी एमालेमा प्रवेश गरेका छन्। साथै बिरञ्चीवर्वा, हरिहरपुर बिर्ता र छिपहरमाई गाउँपालिकाबाट समेत विभिन्न दलका नेता–कार्यकर्ताहरू एमालेमा समाहित भएको जनाइएको छ।

खाँले २०७९ सालको स्थानीय तह निर्वाचनमा जसपा नेपालबाट आफ्ना परिवारका सदस्यलाई उपाध्यक्ष पदमा उम्मेदवार बनाएका थिए, जहाँ उनी थोरै मतान्तरले पराजित भएका थिए। कार्यक्रममा बोल्दै उनले अबदेखि एमालेमै रहेर प्रतिनिधिसभा सदस्यका उम्मेदवार जालिम मियाँलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरे।
नवप्रवेशीहरूलाई एमालेका नेता विश्वम्भर शर्मा, पूर्व सांसद प्रभु हजरा, उम्मेदवार जालिम मियाँ, जिल्ला उपाध्यक्ष मनोज कुमार गुप्ता तथा ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले गम्छा तथा अबिरको टीका लगाई स्वागत गरेका थिए।

वडाध्यक्ष सोनालाल प्रसाद चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पवन तिवारी, मौजिलाल साह, खगेन्द्र श्रेष्ठ, महेन्द्र साह, सदाम अहमद, गोखुली रेग्मी, सुनिल गुप्ता लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमले पर्सा क्षेत्र नं. ४ मा एमालेको संगठन थप सशक्त बन्दै गएको संकेत गरेको स्थानीय नेताहरूले बताएका

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित