Rashtriya Dainik

पश्चिम नवलपरासी–२ मा भिमबहादुर थापाको पाँच वर्षे स्पष्ट रोडम्याप : शिक्षा, स्वास्थ्य र रोजगारीमा प्राथमिकता

राष्ट्रिय दैनिक / नवलपरासी ,१७ फागुन

भिम बहादुर थापाले पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा आफू निर्वाचित भएपछि पाँच वर्षभित्र कार्यान्वयन गर्ने स्पष्ट विकास योजना रहेको बताएका छन्।

आज सुनवलका विभिन्न वडा तथा टोलमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै थापाले जनताको अपेक्षा पूरा गर्ने दृढ प्रतिबद्धता व्यक्त गरे। उनले २०७४ सालमा सुनवल नगरपालिका का मेयरका रूपमा काम गर्दा पूर्वाधार विकास, सरसफाइ व्यवस्थापन, सडक विस्तार तथा सार्वजनिक सेवा सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको स्मरण गराउँदै त्यस अनुभवलाई अब राष्ट्रिय तहमा प्रयोग गर्ने बताए।

थापाले शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, कृषि क्षेत्रको आधुनिकीकरण, स्थानीय स्तरमै रोजगारी सिर्जना तथा भौतिक पूर्वाधार विस्तारलाई विशेष प्राथमिकतामा राखिएको स्पष्ट पारे। “बोल्नेभन्दा काम गरेर देखाउने नीति अनुसार नेपाली कांग्रेस अघि बढेको छ,” उनले जोड दिए।

चुनावी अभियानमा पार्टीका नेता–कार्यकर्ता एकजुट भएर सक्रिय रूपमा परिचालित भएका छन्। क्षेत्र नम्बर २ मा यस पटक प्रतिस्पर्धा रोचक देखिए पनि कांग्रेस समर्थकहरू उत्साहका साथ जित सुनिश्चित हुने दाबी गर्दै घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित