राष्ट्रिय दैनिक / नवलपरासी ,१७ फागुन
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार राम प्रसाद पाण्डेले घरदैलो अभियानलाई तीव्रता दिनुभएको छ।
आइतबार बर्दघाट नगरपालिका–४ का विभिन्न टोलमा कार्यकर्तासहित पुगेर उहाँले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै मतदानको आग्रह गर्नुभयो।
घरदैलो क्रममा पाण्डेले भ्रष्टाचारमा शून्य सहनशीलता, सुकुम्बासी तथा भूमिहीन समस्या समाधान, उद्योग व्यवस्थापन र प्रदूषण नियन्त्रणका लागि स्पष्ट योजना रहेको दाबी गर्नुभयो। आफू सुस्ता गाउँपालिकाको संस्थापक अध्यक्षका रूपमा काम गरेको अनुभव सुनाउँदै उहाँले विकास र इमानदार नेतृत्वको प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थानीय डिलाराम चालिसेका अनुसार अभियानमा मतदाताको उल्लेख्य सहभागिता र उत्साह देखिएको छ। निर्वाचन नजिकिँदै जाँदा अन्य उम्मेदवारहरू पनि घरदैलो कार्यक्रमलाई प्राथमिकतामा राख्दै सक्रिय देखिएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

