Rashtriya Dainik

मध्यपूर्व तनावबीच त्रिभुवनमा अलपत्र यात्रुलाई कांग्रेस निकट होटल व्यवसायीको साथ

काठमाडौं ,१७ फागुन

त्रिभुवन बिमानस्थलमा मध्यपूर्वमा उत्पन्न तनावका कारण विभिन्न अन्तर्राष्ट्रिय उडान रद्द भएपछि अलपत्र परेका यात्रुलाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक होटल व्यवसायी सङ्घले सहयोग गर्ने भएको छ।

कांग्रेसको शुभेच्छुक संस्थासमेत रहेको उक्त सङ्घले विमानस्थलमा रोकिएका यात्रुका लागि निःशुल्क खाना र बस्नको व्यवस्था मिलाएको जनाएको छ। सङ्घका अध्यक्ष लीलाप्रसाद ढकालले हवाई यात्रु अप्ठ्यारोमा परेकाले तत्काल राहतस्वरूप आवश्यक प्रबन्ध गरिएको जानकारी दिए।

उनका अनुसार, “कुनै पनि नेपाली अप्ठ्यारोमा पर्दा सबैले सकेको सहयोग गर्नुपर्छ भन्ने उद्देश्यअनुसार पार्टी सभापति गगन कुमार थापाको निर्देशनमा होटल व्यवसायीहरूले खाना र बसोबासको व्यवस्था गरेका हौँ।”
सङ्घले अप्ठ्यारोमा परेका यात्रुलाई सम्पर्क गरी सहयोग लिन समेत आग्रह गरेको छ।
मध्यपूर्व तनावका कारण उडान अवरुद्ध हुँदा सयौँ यात्रु प्रभावित भएको बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित