Rashtriya Dainik

रिमा यादवको कोन्हियामा उत्साहजनक घरदैलो; बढ्दो जनसमर्थनले विपक्षी खेमामा हलचल

वीरगञ्ज, १७ फागुन।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा निर्वाचन क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा यादवले वीरगञ्ज महानगरपालिका–१७ अन्तर्गत अलौको कोन्हिया टोलमा उत्साहजनक घरदैलो अभियान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेकी छन्।
घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार यादवले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिन्। पर्सा–२ लाई समृद्ध र व्यवस्थित क्षेत्रका रूपमा अघि बढाउने स्पष्ट योजना प्रस्तुत गर्दै उनले आगामी निर्वाचनमा सहयोग र समर्थनको अपिल गरिन्।
नवप्रवेशीहरूलाई पूर्व मन्त्री प्रमोद जयसवालले टीका–माला लगाएर पार्टी प्रवेश गराएका थिए। कार्यक्रममा बिरा यादव, पुन्देव यादव, मदन यादव, नन्दु यादव, प्रबिन यादव, सुखाडी यादव, छोटेलाल यादव, असई यादव, मैना, राजकुमार लगायत दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताले क्षेत्रको विकास, समृद्धि तथा रोजगारी सृजनाका लागि रिमा यादवलाई विजयी गराउने प्रतिबद्धतासहित पार्टी प्रवेश गरेका जनाइएको छ।
कार्यक्रममा केन्द्रीय सदस्य विजय सरवागी, प्रमोद जयसवाल, बिचारी यादव, वडा अध्यक्ष संजु छतकुली, प्रेम पटेल, लियाकत अली, अजय साह लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। टोलीले घरघर पुगेर पार्टीका नीति तथा कार्यक्रमबारे जानकारी गराएको थियो।
स्थानीय बासिन्दाले उत्साहजनक सहभागिता जनाउँदै विकासमुखी नेतृत्वको आवश्यकता औँल्याएका थिए। बढ्दो जनसमर्थनले विपक्षी खेमामा समेत हलचल पैदा गरेको एमाले स्रोतले दाबी गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित