Rashtriya Dainik

पाल्हिनन्दनमा फाल्गुन २३ गतेबाट कोभिड विरुद्धको खोप लाग्ने

रंजीत शर्मा / नवलपरासी , २० फागुन ।

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर १ देखि ६ सम्मका लक्षित वर्गलाई फागुन २३ गते देखि काेभिड विरुद्धको खाेप लाग्ने भएको छ ।

विहिवार पाल्हिनन्दन गाउँपालिकाकाे पालिका स्तरीय खाेप समन्वय समितिका पदाधिकारीहरुलाई काेभिड विरुद्धको खाेप सम्बन्धि सचेतना कार्यक्रममा फागुन २३ गतेदेखि खाेप लाग्ने जानकारी गराइएको हाे।

पाल्हीनन्दन स्वास्थ्यशाखाको अायाेजनामा काेभिड विरुद्धको खाेप सचेतना कार्यक्रम पाल्हिनन्दन गाउँपालिका अध्यक्ष वैजु प्रसाद गुप्ता (दीपक)काे अध्यक्षतामा गरिएको हाे ।

काेराेना भाइरस तथा राेग लाग्ने दर र मृत्यु दर घटाउने उद्देश्य साथ काेभिड १९ विरुद्ध खाेपबाट राेगकाे राेकथाम , खाेप लगाउदा ध्यान दिनुपर्ने कुराहरु ,बच्ने उपाय तथा खाेप अभियान सन्चालन रणनीति विषयमा सचेतना कार्यक्रम गरिएको हाे।

फागुन २३ गते देखि चैत को २ गते सम्म संचालन हुने पाल्हिनन्दन गाउँपालिका वडा नम्बर १ देखि ६ सम्मका ६५ बर्ष माथि उमेर समुहका नागरिकलाई पहिलो प्राथमिकता तथा निजि तथा सरकारी विद्यालयका शिक्षक , सार्वजनिक सवारी चालक र सहचालकलाई हाल केही समयरोकी पहिलो र दाेस्राे चरणकाे खाेप अभियानमा छुटेका लक्षित वर्गलाई स्थानीय तहकाे पहिलो चरणकाे खाेप अभियानमा प्राथमिकता दिइने स्वास्थ्यशाखा प्रमुख धर्मजीत पटेलले जानकारी दिनुभएको हाे।

२३ गते हुने खाेप अभियानमा सम्पुर्ण लक्षित पालिकाबासि आ-आफनो वडाकाे स्वास्थ्यसंस्थामा समावेश भई माैकाकाे फाइदा उठाउन गाउँपालिका अध्यक्ष बैंजु प्रसाद गुप्ता (दीपक)ले अनुरोध गर्नुभएको हाे।

सचेतना कार्यक्रमकाे सहजिकरण स्वास्थ्यशाखा प्रमुख धर्मजीत पटेलले गर्नुभएको हाे।

सचेतना कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पाबित्री कोहार ,प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद ,जिल्ला स्वास्थ्य कार्यालय प्रमुख गरौं ढकाल लगाएत वडा अध्यक्ष, वडा सदस्य ,स्वास्थ्यकर्मीहरुकाे,सन्चारकर्मी लगाएतकाे सभागीता रहेको थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित