Rashtriya Dainik

विनयी त्रिवेणी गाउँपालिकामा राजनीति दलले प्रचारप्रसार र घरदैलो

राष्ट्रिय दैनिक / नवलपरासी ,१७ फागुन

प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिदै गर्दा पूर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिकामा राजनीति दलले प्रचारप्रसार र घरदैलो कार्यक्रमलाई तिव्र पारेका छन।

विनयी त्रिवेणी गाउँपालिकाको वडा न.६ र ७ मा नेपाली काङ्ग्रेसको उम्मेदवारलाई निर्वाचित गराउन प्रचारप्रसार र घरदैलो कार्यक्रमलाई अगाडि बढाएका हुन।

नेपाली काङ्ग्रेस विनयी त्रिवेणी वडा न.७ वडा कार्यसमितिले वडा अन्तर्गतका ठट्टीयाखोला टोल,दुईनहरबिच टोल र शिवपुरगढीको केही घरहरुमा घरदैलो कार्यक्रम गर्दै पार्टीको नीति भावी योजना समेतको प्रतिज्ञा पत्रबारे मतदातालाई जानकारी गराइएको निर्वाचन प्रचारप्रसार समितिका संयोजक गोपाल बहादुर क्षेत्रीले जानकारी दिनुभएको छ।

निर्वाचन प्रचारप्रसारको क्रममा मतदाताहरुले पनि नेपाली काङ्ग्रेसको केन्द्रमा नयाँ नेतृत्व चयनपछि भएको निर्वाचन बारे दलीय घोषणा पत्रको विषयमा पनि प्रती प्रश्न गरेको जानकारीमा आएको छ।
विनयी त्रिवेणी गाउँपालिकाको दक्षिणी भागमा रहेका वडा न.६ र ७ का नागरिकहरुले भोग्नुपरेको पीडा र समस्या समाधानको विषयमा पनि मतदाताहरुले जिज्ञासा राखेका थिए। मतदाताहरुले त्रिवेणी दुम्किबास सडकबारेमा पनि प्रचारप्रसारमा आएका नेताहरु संग जिज्ञासा राखेको बुझिएको छ।
त्यसैगरी वडा न.७ का अन्य टोलहरुमा आइतबार घरदैलो कार्यक्रम रहेने वडा न.७ का वडा सभापति निरन्जन थापा (सुनिल) ले जानकारी दिनुभएको छ।
प्रचारप्रसार सहितको घरदैलो कार्यक्रममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ क्षेत्र न.२ का क्षेत्रीय अध्यक्ष राजकुमार राई, नेपाल महिला संघकी नेतृ सुनिता राई,भावना रायमाझी, कमला राना,तरुण दलका दीपक आले,शिव कुमार गुरुङ लगायतको सहभागिता रहेकोे थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित