राष्ट्रिय दैनिक / नवलपरासी,१६ फागुन
पश्चिम नवलपरासीको रावल गाउँपालिकाको आयोजना तथा सरावल उद्योग बाणिज्य संघ, सरावल प्रेस क्लब, कर्मचारी मिलन केन्द्र र नेपाल रेडक्रस सोसाइटी बालपुरी उपशाखाको समन्वयमा सम्पन्न रक्तदान कार्यक्रम उत्साहजनक सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको छ।

स्थानीय समुदायमा बढ्दो रगत अभावलाई मध्यनजर गर्दै आयोजना गरिएको कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, कर्मचारी, व्यवसायी तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले स्वेच्छिक रूपमा रक्तदान गर्दै मानवीय सेवामा ऐक्यबद्धता जनाएका थिए। यस अवसरमा १८ जनाले रक्तदान गरेका छन्।

कार्यक्रममा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी, प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम, सरावल उद्योग बाणिज्य संघका अध्यक्ष सुशान्त घिमिरे लगायत विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

वक्ताहरूले “रक्तदान नै जीवनदान” भएको उल्लेख गर्दै यस्ता सामाजिक अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। आयोजक संस्थाहरूले भविष्यमा पनि जनहितका कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

रक्तदान कार्यक्रमले सरावल क्षेत्रमा सामाजिक एकता, सहकार्य र मानवीय सेवाको सशक्त सन्देश प्रवाह गरेको स्थानीयवासीले बताएका छन्।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

