Rashtriya Dainik

४४ औं मगर एकता स्थापना दिवस तथा सांस्कृतिक कार्यक्रम विनयी त्रिवेणीको शिवपुरगढीमा मनाइयाे

आरपि उपाध्याय / नवलपरासी ,१५ फागुन

नेपाल मगर संघ विनयी त्रिवेणी वडा न.६ र ७ को संयुक्त आयोजनामा ४४ औं मगर एकता स्थापना दिवस तथा संास्कृतिक कार्यक्रम विनयी त्रिवेणीको शिवपुरगढीमा मनाइएको छ।
नेपाल मगर संघ विनयी त्रिवेणी ६ र ७ संयुक्त समितिका अध्यक्ष भुपेन्द्र थापा मगरको अध्यक्षता तथा विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।


सो अवसरमा अध्यक्ष गिरीले मगर एकता दिवसको पावन अवसरमा सम्पुर्णमा शुभकामना दिदै आफ्नो मौलिक भाषा,संस्कृती,पहिरन र रीतिरिवाजलाई मगर समुदायले हालसम्म पनि जोगाएर ल्याएकोमा गौरवको विषय रहेको बताउदै मगर एकतालाई अझ बलियो बनाएर प्राप्त उपलब्धिको रक्षा गर्दै आफ्नो हक, अधिकार सुनिश्चित गर्न सबैमा आग्रह गर्नुभयो।
अध्यक्ष गिरीले विकास निर्माण कार्यमा कसैसँग सम्झौता नगरी नागरिकले दिएको जिम्मेवारीलाई आफू र पालिका सरकार पुर्ण रुपले जवाफदेही रहेको जिकिर गर्नुभयो।
कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य मेख बहादुर सारु मगरले कोही पनि पस्न नसकेको ठाउँमा मगर समाज र पालिका सरकारको संयुक्त प्रयासमा संघको लागि जग्गा पाएको बताउदै नेपाल मगर संघको इतिहास बारे जानकारी गराउदै अब मगरहरुमा मात्र एकता नभएर सम्पुर्ण देशमा एकता भएर जानुपर्ने बताउनु भयो।
कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका वडा न.२ की वडा अध्यक्ष पुष्पा आले मगर,वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाह,वडा न.७ का वडा अध्यक्ष उमेश कार्की लगायतले आफ्नो धारणा सहितको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
मगर एकता दिवसको अवसरमा विनयी त्रिवेणी गाउँपालिका वडा न. ६ र ७ का सामुदायिक र निजी विद्यालयका विद्यार्थीहरुलाई शैक्षिकसत्र २०८२ मा उत्कृष्ट नम्बर पाएका आधा दर्जन विद्यार्थीहरुलाई कदरपत्र सहित सम्मान गरिएको आयोजकले बताएको छ।


उक्त अवसरमा मगर समुदायका बाल कलाकारहरुले गायन सहित नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रममा नेपाल मगर संघ विनयी त्रिवेणीका उपाध्यक्ष भागिरथा थापा मगर,विनयी त्रिवेणी वडा न.६ र ७ अन्तर्गतका जनप्रतिनिधि,राजनीतिक दल,सुरक्षा निकायका प्रमुख,सामुदायिक एवं निजी विद्यालयका प्र.अ.हरुको पनि कार्यक्रममा सहभागिता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित