Rashtriya Dainik

पर्सा–४ मा कांग्रेसको लहर तीव्र, वडाध्यक्षसहित ६ सयभन्दा बढी नेता–कार्यकर्ता प्रवेश

राजन कुमार बानिया/पर्सा, १५ फागुन

प्रतिनिधि सभा निर्वाचनको मुखमै पर्सा जिल्लामा राजनीतिक सरगर्मी चुलिँदै जाँदा नेपाली कांग्रेस तर्फ जनसमर्थनको लहर उर्लिएको देखिएको छ।

कालिकामाई–३ का वडाध्यक्ष संजय कुमार पटेलले जनता समाजवादी पार्टी नेपाल परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन्। पटेल गत स्थानीय तह निर्वाचनमा जसपाबाट निर्वाचित भएका थिए भने २०७४ सालमा तत्कालीन संघीय समाजवादी फोरमबाट समेत विजयी भइसकेका अनुभवी जनप्रतिनिधि हुन्।

यसैबीच, गत स्थानीय तह निर्वाचनमा जसपाबाट पोखरिया नगरपालिका को मेयर पदमा प्रतिस्पर्धा गरेका राजु साह तेली तथा पोखरिया–३ बसन्तपुरका वडा अध्यक्ष उम्मेदवार रबि भुसण तिवारीसहित ६ सयभन्दा बढी नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्।
नवप्रवेशीहरूलाई कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री एवं पर्सा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश रिजाल, पूर्व मन्त्री जनार्दन सिंह क्षेत्री तथा जगरनाथपुर गाउँपालिका अध्यक्ष एवं क्षेत्रीय सभापति सृकान्त प्रसाद यादवलगायत नेताहरूले स्वागत गरेका थिए।
कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, पर्साका सचिव नवीन सिंह, जिल्ला कोषाध्यक्ष प्रेम बहादुर थापा, किशोरी साह कानु, किशोर जैसवाललगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।


पर्सा क्षेत्र नं. ४ मा अहिले कांग्रेस उम्मेदवार रमेश रिजालको पक्षमा जनसमर्थन बलियो बन्दै गएको देखिन्छ। राजनीतिक समीकरण, स्थानीय जनप्रतिनिधिहरूको साथ र बढ्दो जनलहरले यस क्षेत्रबाट उनको जितको सम्भावना मजबुत बन्दै गएको स्थानीय विश्लेषकहरू बताउँछन्।
चुनावको मुखमा भएको यो प्रवेश र जनसमर्थनले पर्सा–४ मा कांग्रेसको माहोल उत्साहित बनाएको छ, जसले आगामी परिणाममा निर्णायक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित