Rashtriya Dainik

चौपत्ता चौरमा कांग्रेसको सन्देश: आमसभापछि सरसफाइ, सामाजिक जिम्मेवारीको उदाहरण

राष्ट्रिय दैनिक / नवलपरासी ,१५ फागुन

नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं. १, पश्चिम नवलपरासीद्वारा चौपत्ता खुला चौरमा आयोजित बृहत् आमसभापछि कार्यक्रम स्थलमा सरसफाइ गरिएको छ।

आमसभा सम्पन्न भएसँगै चौरमा भएको फोहोरलाई नेपाल तरुण दल र नेविसंघ का युवा कार्यकर्ताहरूले सामूहिक रूपमा सरसफाइ गरेका हुन्। नेपाल तरुण दलका केन्द्रीय सदस्य करिम खान ले सरसफाइ अभियानमार्फत कार्यक्रम स्थललाई पहिलेकै अवस्थामा फर्काइएको जानकारी दिनुभयो।

आयोजकका अनुसार राजनीतिक कार्यक्रम केवल भाषण र नारामा सीमित नराखी सामाजिक जिम्मेवारीसमेत बहन गर्नुपर्ने सन्देशसहित यो अभियान सञ्चालन गरिएको हो।
स्थानीयवासीहरूले सरसफाइ अभियानलाई सकारात्मक रूपमा लिँदै यसले सभ्य र जिम्मेवार राजनीतिक संस्कारको उदाहरण प्रस्तुत गरेको बताएका छन्।

आयोजक पक्षले अन्य राजनीतिक दल तथा संघ–संस्थाहरूलाई पनि कार्यक्रमपछि सरसफाइ गरी सभ्य र सचेत राजनीतिक संस्कार विकास गर्न आग्रह गर्दै “राजनीति सफा बनाऔँ, गाउँ–ठाउँ स्वच्छ राखौँ” भन्ने आह्वान समेत गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित