राष्ट्रिय दैनिक / नवलपरासी ,१५ फागुन
नवलपरासी–२ क्षेत्रकी सक्रिय राजनीतिकर्मी सुनिता श्रेष्ठ नेपाली कांग्रेसबाट समानुपातिक सांसद उम्मेदवार बनेकी छिन्।
उनी २०७४ मा रामग्राम नगरपालिकाबाट वडा सदस्य हुँदै कार्यपालिका सदस्य पदमा रहेर १८ वडाका लागि सक्रिय काम गरिसकेकी छिन्।

नगरपालिका भित्र न्यायिक समितिका सदस्यको रूपमा उनले महिला र विभिन्न वर्गको हितमा महत्वपूर्ण योगदान पु-याएकी छिन्।

कोरोना महामारीको समयमा, उनले लियो क्लबसँग सहकार्य गर्दै ३०० अक्सिजन सिलिन्डर पृथ्वी चन्द्र अस्पताल र सिडियो कार्यालयमार्फत विभिन्न पालिकामा वितरण गराएकी थिइन्।

नेपाली कांग्रेस महासमितिका सदस्यको रूपमा पार्टी पंक्तिमा अग्र भूमिका निर्वाह गर्दै उनले महिला समस्यामा काम गर्दै आएको छ।

हाल महिला विभागको केन्द्रीय सदस्य रहँदै उनी पार्टीको समानुपातिक उम्मेदवारीमा प्रवेश गरेकी छन्।
सुनिता श्रेष्ठ नवलपरासी–२ बाट एकल महिला उम्मेदवार भएकाले महिला नेतृत्वलाई सशक्त बनाउने प्रतीकको रूपमा हेरिन्छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

