आरपि उपाध्याय / नवलपरासी ,१५ फागुन
नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आउदै गरेको प्रतिनिधि सभा निर्वाचनको विजयी अभियान पश्चिम नवलपरासी निर्वाचन क्षेत्र न.१ बाटै हुने बताउनु भएको छ।
काङ्ग्रेस उपसभापति शर्माले नेपाली काङ्ग्रेसमा भएको आमोल परिवर्तनपछि हुन लागेको निर्वाचनमा नेपाली काङ्ग्रेसले बहुमत पाएपछि देशमा विकास निर्माणमा लहर आउने बताउदै उहाँले हावादारी चर्चा र कपोलकल्पित नाराले देशमा कुनै प्रकारको परिवर्तन हुन नसक्ने हुँदा नेपाली काङ्ग्रेसमा आएको परिवर्तनले नै जेन-जी आन्दोलनलाई पनि सम्बोधन गरेको चर्चा गर्दै परिवर्तनको उद्घोषपछि निर्वाचनमा आउने परिणामले वास्तविक परिवर्तन देखिने दाबी गर्नुभयो।

परिवर्तनलाई सबैले आफ्नो पक्षमा गर्ने बताइए पनि काङ्ग्रेसले नै वास्तविक परिवर्तन ल्याउने चर्चा गर्दै शर्माले अब पनि वास्तविक परिवर्तनलाई सम्बोधन नगरे परिवर्तन नारा र कागजमा मात्र सिमित हुने जिकिर गर्नुभयो।
पश्चिम नवलपरासीको बर्दघाट स्थित चौपत्तामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले सो कुरा बताउनु भएको हो।
सो अवसरमा पश्चिम नवलपरासी संसदीय निर्वाचन परिचालन समितिका कमान्डर समेत रहनु भएका पुर्व गृह राज्य मन्त्री देवेन्द्रराज कंडेलले वर्तमान समयको आवश्यकता भनेको नेपाली काङ्ग्रेसको एजेन्डा पूरा गर्नु नै हामी सबैको कर्तव्य रहेकोे बताउदै निर्वाचन क्षेत्र न.१ बाट बिनोद चौधरीलाई जिताएर पठाएर मात्र काङ्ग्रेस सभापति गगन थापाको हात बलियो हुने र सोही परिणामबाट नेपाली जनताले अपेक्षा गरेअनुसार माग सम्बोधन हुने पनि कंडेलको भनाइ रहेको थियो।

कार्यक्रममा निर्वाचन क्षेत्र न.१ का नेपाली काङ्ग्रेसका उम्मेदवार बिनोद कुमार चौधरीले नेपाललाई विकसित नेपालको रुपमा पुर्याउन नेपाली काङ्ग्रेसले मात्र गर्न सकिने बताएका छन।
पार्टीले प्रकाशित प्रतिज्ञा पत्र अनुसार नै पत्रमा उल्लेखित कार्य हामीले गर्ने प्रतिबद्धता व्यक्त गर्दै उम्मेदवार चौधरीले एक साताको समयमा ७ सय भन्दा बढी युवाहरुलाई पार्टी प्रवेश गराएको उल्लेख गर्नुभयो।
उहाँले रोजगारी,स्वास्थ्य,शिक्षा,विकास निर्माण कार्यको अधुरो कामलाई पनि पूरा गर्ने अठोट गर्नुभयो। नेपाली काङ्ग्रेसमा आज मात्र प्रवेश गर्नुभएका
राष्ट्रिय स्वतन्त्र पार्टी पश्चिम नवलपरासीका संयोजक महेन्द्र सेन ठकुरीले देशलाई संवृद्धिको बाटोमा लाग्ने एक मात्र पार्टी नेपाली काङ्ग्रेस भएकोले आफू ने.का. मा प्रवेश गरेको जिकिर गर्नुभयो।
उहाँले आउदो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी दोस्रो र तेस्रो हुने दाबी पनि गर्नुभएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी भनेको मुल्यांकन नहुने,नातावाद र कृपावादमा अल्झिएको हुँदा मतदाताहरुले मतदान गर्दा सोच, विचार गरेर मात्र भविष्य निर्माण गर्ने नेपाली काङ्ग्रेस पार्टीमा मतदान गर्न आग्रह गर्नुभयो।

उहाँले विगतका दिनमा काङ्ग्रेसलाई बिगार्ने तत्व अर्को पार्टीमा प्रवेश गरि आदर्शको नारा सिकाउने संग होसियार रहन पनि ठकुरीको भनाइ रहेकोे थियो।
चुनावी सभामा लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण कलवार,ने.का. पश्चिम नवलपरासीका उपसभापति अनिल गौड,सचिव कुलदीप आचार्य,प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश यादव,महिला संघकी केन्द्रीय सदस्य कमला पराजुली लगायतले पनि सभामा आफ्नो भनाइ राख्नुभएको थियो।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका २५० व्यक्ति नेपाली काङ्ग्रेसमा प्रवेश गरेको कार्यक्रम सञ्चालक एवं क्षेत्रीय सचिव राम प्रसाद जोशीले जानकारी दिएका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

