Rashtriya Dainik

पर्सा–३ मा परिवर्तन र सुशासनका लागि रास्वपालाई मत दिन चौरसियाको अपिल

राजन कुमार बानिया /पर्सा, १५ फागुन

पर्सा क्षेत्र नम्बर–३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामाकान्त चौरसिया ले बिहीबार पकहाँमैनपुर वडा नम्बर ३ र ४ मा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका छन्।

टोल–टोलमा पुगेर स्थानीय नागरिकका गुनासा, सुझाव र अपेक्षा सुनेपछि उनले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणलाई आफ्नो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। पर्सा–३ लाई समृद्ध क्षेत्र बनाउन साझा सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले सुशासन र परिवर्तनको एजेन्डा रास्वपाको मूल प्रतिबद्धता भएको बताए।

आगामी फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीमा मतदान गर्न आग्रह गर्दै चौरसियाले महिला सशक्तीकरणलाई विशेष प्राथमिकतामा राख्ने बताए। उनले महिला उद्यमशीलता प्रवर्द्धन, सीपमूलक तालिम, सहुलियतपूर्ण ऋण, साना तथा मझौला उद्यम विकास र महिला सहकारी सशक्तीकरणमार्फत महिलालाई आर्थिक रूपमा सबल बनाउने योजना रहेको जानकारी दिए।
“महिला सशक्तीकरण बिना समृद्ध समाज सम्भव छैन,” उनले भने, “घरपरिवारदेखि समाज र राष्ट्र निर्माणसम्म महिलाको भूमिका महत्वपूर्ण छ, त्यसैले अवसर र पहुँच सुनिश्चित गरिनेछ।”
त्यस्तै, युवा स्वरोजगार, कृषि आधुनिकीकरण, साना उद्योग प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणमा विशेष पहल गरिने उनको भनाइ छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित