Rashtriya Dainik

सोविता गौतम र टेकबहादुर शाक्यले ठोरीको विकासमा मतदातालाई आह्वान, रास्वपामा नयाँ प्रवेशीहरूलाई स्वागत

राजन कुमार बानियाँ/पर्सा, १४ फागुन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ र प्रखर वक्ता सोविता गौतमले ठोरीको विकास बिना चितवनको समग्र विकास असम्भव हुने औंल्याउँदै मतदातालाई साझा चुनौतीसँग लड्न टेकबहादुर शाक्यलाई विजयी गराउन अपिल गर्नुभएको छ।

पर्साको ठोरी गाउँपालिकाको चौतारामा आयोजित कोणसभा तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै गौतमले केरुङ–ठोरी नाका जोड्ने, ठोरी भन्सार र हुलाकी सडक जस्ता बहुप्रतीक्षित योजनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए। उनले रास्वपाको स्थापना देशमा नीति र विधिको सुधारमार्फत सुशासन स्थापना गर्ने उद्देश्यले भएको स्पष्ट पारेकी छिन्।

गौतमले ठोरी क्षेत्रको कृषि र सिँचाइ सुविधा नहुँदा स्थानीयहरूले विस्थापित हुनुपरेको बताउँदै, अब यस्तो समस्या समाधानको समय आएको औंल्याइन। साथै सुकुम्बासीहरूको समस्या हालसम्म कसैले सम्बोधन नगरेको र रास्वपा उम्मेदवार टेकबहादुर शाक्यले जितेमा समाधान हुने उनको विश्वास व्यक्त गरिन्।
उम्मेदवार टेकबहादुर शाक्यले ठोरी र क्षेत्र नम्बर ४ का सबै समस्याहरू प्राथमिकतामा राख्दै साझा चुनौती र सहकार्यको माध्यमबाट विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादीका सयौं कार्यकर्ता र समर्थकहरू रास्वपामा प्रवेश गरेका थिए। नवप्रवेशीहरूलाई फुलमाला र टीका लगाएर स्वागत गर्दै प्रमुख अतिथि गौतम र टेकबहादुर शाक्यले स्वागत गर्नुभयो।

कार्यक्रममा किशोर तमाङ, कामोध्य चौधरी, धीर सिंह, रामाकान्त चौधरी, जगदीश पटेल, डाक्टर जोगेन्द्र चौरसिया, रोसान पटेल, बिनय साह लगायतका वक्ताहरूले रास्वपाको नीति, कार्यक्रम र वैकल्पिक राजनीतिक सोचबारे मन्तव्य राखे। उनीहरूले पारदर्शी र जवाफदेही शासन स्थापना गर्न नयाँ शक्तिको आवश्यकता रहेकोमा जोड दिए।
कोणसभा तथा पार्टी प्रवेश कार्यक्रम माधव बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सहजीकरण सन्तोष श्रेष्ठले गर्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित