राजन कुमार बानियाँ/पर्सा, १४ फागुन
पर्सा क्षेत्र नं. ४ का नेकपा एमालेका उम्मेदवार जालिम मियाँले बिहिवार छिपहरमाई गाउँपालिकामा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम जारी राख्नुभएको छ। मियाँले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफू चुनावका बेला मात्र देखिने नेता नभई सधैं जनताको दुख–सुखमा साथ दिने नेता भएको स्पष्ट गर्नुभयो।
उहाँले भन्नुभयो, “जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो। अझै बाँकी रहेका विकासका काम पूरा गर्न तपाईंहरूको साथ आवश्यक छ।”
घरदैलो कार्यक्रममा छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता, वडाअध्यक्ष मौजिलाल सह लगायत धेरै कार्यकर्ता तथा पार्टी समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा मनोज गुप्ताले पर्सा–४ को समग्र विकासका लागि अनुभवी र जनतासँग नजिक रहेको नेतृत्व आवश्यक रहेको बताउँदै एमाले उम्मेदवार जालिम मियाँलाई विजयी बनाउन सबै एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यस अभियानले मियाँको क्षेत्रीय जनसम्पर्कलाई बलियो बनाउँदै आगामी निर्वाचनमा जनमत जुटाउने रणनीतिक तयारीको संकेत दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

