Rashtriya Dainik

पर्सा–२ मा रिमा यादवको लहर, घरदैलोले बढायो जनसमर्थन पर्सा

पर्सा ,११ फागुन

पर्सा क्षेत्र नम्बर–२ मा चुनावी माहोल तातिँदै जाँदा रिमा कुमारी यादवको सघन घरदैलो कार्यक्रम वीरगञ्ज महानगरपालिका–२६ मा उत्साहजनक रूपमा सम्पन्न भएको छ। उम्मेदवार यादव टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा जुट्नुभएको थियो।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेकी यादवसँगै समानुपातिक उम्मेदवार बिचारी यादव, प्रदेश कमिटी सदस्य रमिला खातुन, क्षेत्र नं. २ का अध्यक्ष मनोज कुशवाहालगायत नेता–कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो। टोलीले स्थानीयसँग भेटघाट गर्दै विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार निर्माणका विषयमा स्पष्ट कार्ययोजना प्रस्तुत गरेको थियो।
उम्मेदवार यादवले पर्सा–२ लाई आर्थिक, सामाजिक र पूर्वाधारका हिसाबले नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। युवालाई रोजगारी सिर्जना, किसानलाई आधुनिक कृषि प्रविधिमा जोड, महिलाको सशक्तीकरण तथा नगर क्षेत्रमा सडक, ढल र सरसफाइ व्यवस्थापनलाई प्राथमिकतामा राख्ने उहाँको भनाइ थियो।
कार्यक्रममा नेताहरूले आगामी निर्वाचनमा सूर्य छापमा मतदान गरी एमाले उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका थिए। स्थानीय बासिन्दाले विकास र सुशासनप्रति सकारात्मक अपेक्षा व्यक्त गरेका छन्।
वडा नं. २६ मा सम्पन्न उक्त कार्यक्रमसँगै एमालेको चुनावी अभियान थप सक्रिय बनेको नेताहरूले बताएका छन्। आगामी दिनमा घरदैलो र जनभेटघाटलाई अझ तीव्रता दिइने जनाइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित