Rashtriya Dainik

पर्सा–४ मा ‘जय घण्टी’को गुन्जन, टेकबहादुर शाक्यको घरदैलोमा उत्साह

राजन कुमार बानिया /पर्सा, ११ फागुन

पर्सा क्षेत्र नम्बर–४ मा चुनावी माहोल तातिँदै जाँदा टेकबहादुर शाक्यको घरदैलो कार्यक्रम कालिकामाई गाउँपालिका–२, भेडिहारीमा सम्पन्न भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शाक्यले घरदैलोका क्रममा स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो चुनावी एजेन्डा सार्वजनिक गर्नुभयो। कार्यक्रममा समर्थकहरूले घण्टी बजाउँदै ‘जय घण्टी’को नारा लगाएर वातावरण उत्साहपूर्ण बनाएका थिए।
टोल–टोलमा पुगेर शाक्यले सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र जनउत्तरदायी शासनलाई आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभयो। उहाँले परम्परागत राजनीतिक अभ्यासबाट निराश भएका जनतालाई अब वैकल्पिक शक्तिलाई अवसर दिनुपर्ने धारणा राख्दै “राजनीति सेवा हो, सत्ता होइन” भन्ने सन्देश दोहोर्‍याउनुभयो।
घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाले रोजगारी, सडक–पूर्वाधार, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषयमा प्रश्न उठाएका थिए। त्यसको जवाफ दिँदै शाक्यले क्षेत्रीय विकासलाई योजनाबद्ध रूपमा अघि बढाउने प्रतिबद्धता जनाउनुभयो।
पर्सा–४ मा चुनावी सरगर्मी बढ्दो छ। विभिन्न दलका उम्मेदवारहरू घरदैलो तथा सभा–सम्मेलनमार्फत मतदाता आकर्षित गर्न सक्रिय देखिएका

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित