Rashtriya Dainik

कांग्रेस नेता देवेन्द्रराज कँडेलको आव्हान: “गुमेको साख फर्काउन एकजुट बनौँ”

राष्ट्रिय दैनिक / नवलपरासी ,११ फागुन

देवेन्द्रराज कँडेलले नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीले गुमाएको साख पुनःस्थापित गर्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई एकजुट भएर चुनावी अभियानमा जुट्न आग्रह गर्नुभएको छ।
रामग्राम नगरपालिकामा आयोजित घरदैलो कार्यक्रमपछि परासी सदरमुकाममा आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले कांग्रेसको पराजयपछि यस क्षेत्रको विकासले अपेक्षित गति लिन नसकेको दाबी गर्नुभयो।


उहाँका अनुसार, कांग्रेसले यस क्षेत्रबाट २०५१, २०५६ र २०७४ सालमा विजय हासिल गरेको स्मरण गराउँदै क्षेत्रको समग्र विकास कांग्रेसबाट मात्रै सम्भव भएको उल्लेख गर्नुभयो।
कँडेललाई पार्टी केन्द्रीय समितिले जिल्लाको निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी दिएको छ। उहाँले भन्नुभयो,
“कांग्रेसले एक दिन न एक दिन उत्तराधिकारीका रूपमा कसैलाई अगाडि ल्याउनु नै थियो। त्यसैले अहिले आएका उम्मेदवारलाई जिताउन सबै एकजुट भएर अघि बढ्नुपर्छ।”
चुनावी प्रचारका क्रममा उम्मेदवारलाई आफूले गर्न सक्ने काम मात्रै मतदातासामु प्रस्तुत गर्न सुझाव दिँदै उहाँले यस क्षेत्रमा सञ्चालन भइरहेका केही अधुरा योजनाहरू पूरा गर्न पनि कांग्रेसको जित आवश्यक रहेको बताउनुभयो।

पार्टी क्षेत्रीय समितिका अध्यक्ष माधव पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राधेश्याम पाठक र उम्मेदवार भीमबहादुर थापाले प्रचारप्रसारका क्रममा मतदातामा देखिएको उत्साहले कांग्रेसको जित सुनिश्चित भएको दाबी गर्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित