काठमाडौं, ११ फाल्गुन। धादिङमा सोमबार बिहान भएको भीषण बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
बेनिघाट रोराङ गाउँपालिका–५ भैंसीगौडा स्थित पृथ्वी लोकमार्गमा सोमबार बिहान करिब १:३० बजे पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस त्रिशूली नदीमा खसेर दुर्घटना भएको हो।
दुर्घटनापछि उद्धार कार्य तीव्र बनाइएको छ। सशस्त्र प्रहरी बल नेपाल को विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको कमाण्डमा टोली खटिएको छ। साथै विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटार बाट गोताखोरसहितको विशेष उद्धार टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी विष्णु प्रसाद भट्टले जानकारी दिएका छन्।
डिआइजी भट्टका अनुसार मृत्यु भएका १७ जनाको शव घटनास्थलमै फेला परेको छ। घाइते २४ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। मृतक तथा घाइतेको सनाखत कार्य जारी रहेको बताइएको छ।
दुर्घटनाको कारण हालसम्म खुलेको छैन। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित तीनवटै सुरक्षा निकायको समन्वयमा उद्धार तथा अनुसन्धान कार्य भइरहेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

