राष्ट्रिय दैनिक / नवलपरासी ,१० फागुन
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर १, २ र ३ मा हिजो सम्पन्न घरदैलो कार्यक्रममा स्थानीयवासीसँग आत्मीय भेटघाट गर्दै विकास, रोजगारी, शिक्षा र पूर्वाधारका विषयमा गहन छलफल गरिएको छ।

घरदैलोका क्रममा स्थानीय वासिन्दाले गाउँपालिकाको दीर्घकालीन विकास, युवाहरूका लागि रोजगारी सिर्जना, गुणस्तरीय शिक्षाको पहुँच र सडक–पुल लगायतका पूर्वाधार विस्तारबारे आफ्ना सुझाव र चासो राखेका थिए। स्थानीयको सक्रिय सहभागिता र खुला संवादले अभियानलाई थप उत्साहजनक बनाएको सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले जानकारी दिइएका हुन।

भेटघाटपछि सम्बोधन गर्दै नवलपरासी १ प्रतिनिधिसभाका उम्मेदवार विनाेद चाैधरीले जनताले व्यक्त गरेको विश्वास र साथलाई आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै सुस्ताको समुन्नत भविष्य निर्माणका लागि निरन्तर समर्पित रहने प्रतिबद्धता जनाए। “यहाँहरूले दिनुभएको सुझाव र विश्वासले जिम्मेवारी अझ गहिरो महसुस गराएको छ,” उनले भने।

घरदैलो कार्यक्रमले स्थानीय तहका मुद्दालाई प्राथमिकतामा राख्दै जनतासँग प्रत्यक्ष संवादमार्फत समाधान खोज्ने सन्देश दिएको बताइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

