Rashtriya Dainik

डडेलधुरामा देउवा पर्खाइ, चुनावी चहलपहल सुस्त

डडेल्धुरा ,१० फागुन

शेरबहादुर देउवाको अनुपस्थितिमा डडेलधुरामा यसपटक चुनावी रौनक कम देखिएको स्थानीयले बताएका छन्। अमरगढी नजिक साहुखर्कस्थित ‘बाजेको खिर पसल’ का साहु पवन देउवाका अनुसार अघिल्ला चुनावझैँ चहलपहल नभएको महसुस भइरहेको छ।
२०४८ देखि २०७९ सम्म निरन्तर विजयी हुँदै आएका देउवाको प्रतीक्षामा कांग्रेस कार्यकर्ता मात्र होइन, अन्य दलका समर्थकसमेत छन्। कांग्रेसबाट नैनसिंह महर उम्मेदवार छन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का चक्र स्नेही, राष्ट्रिय स्वतन्त्र पार्टीका ताराप्रसाद जोशी लगायत मैदानमा छन्।
जिल्लामा १३ उम्मेदवार प्रतिस्पर्धामा रहे पनि मुख्य भिडन्त कांग्रेस, एमाले, नेकपा र रास्वपाबीच हुने आकलन गरिएको छ। हाल डडेलधुरामा ९३ हजार ४०३ मतदाता, १०४ मतदान स्थल र १४१ मतदान केन्द्र कायम छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित