Rashtriya Dainik

प्रतापपुर गाउँपालिका–७ बाट ब्राउन सुगरसहित दुई जना पक्राउ

आरपि उपाध्याय/ नवलपरासी , ९ फागुन

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ स्थित सुर्यपुरा क्षेत्रमा प्रहरीले लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासी का सूचना अधिकारी डिएसपी विरदत्त पन्तका अनुसार प्रतापपुर गाउँपालिका अन्तर्गत सुर्यपुरा स्थित गण्डक नहरको बाटोमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मोटरसाइकलमाथि शंका लागेर चेकजाँच गरिएको थियो।

चेकजाँचका क्रममा मोटरसाइकलको पछाडि सवार व्यक्तिको देब्रे साइडतर्फ वाकीटकी जस्तो देखिने वस्तु झुन्डिएको देखिएपछि थप जाँच गर्दा २ पुडिया ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ १ ग्राम २४ मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।

गुठीप्रसौनी प्रहरी चौकी का प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) रामनरेश गुप्ताको कमान्डमा खटिएको टोलीले लु.१६प २४३ नम्बरको मोटरसाइकलमा सवार विनयी त्रिवेणी गाउँपालिका–७ बस्ने ३२ वर्षीय अभिनास र सोही स्थानका ३६ वर्षीय रुपक गुरुङलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार दुवै जनालाई हिरासतमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित