रौतहट ,८ फागुन— नारायणघाटबाट गौरतर्फ आउँदै गरेको ना ८ ख ८७७३ नम्बरको ‘ऊ शक्ति’ बस गौर बसपार्क नजिक दुर्घटनामा परेको छ। बस नेपाल विद्युत प्राधिकरणको सब–स्टेसन नजिक रहेको ट्रान्सफर्मरको पोलमा ठोक्किँदा दुर्घटना भएको हो।
स्थानीयका अनुसार चपुरबाट गौरतर्फ आउँदै गरेको अर्को बसलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको बताइएको छ।
दुर्घटनामा परेर बसमा सवार ९ जना घाइते भएका छन्। घाइते सबैको उपचार प्रादेशिक अस्पतालमा भइरहेको अस्पताल स्रोतले जनाएको छ।
घाइतेमध्ये गढीमाई नगरपालिका–संग्रामपुरका ३२ वर्षीय बस कन्डेक्टर रंजय यादव र गरुडा नगरपालिका निवासी २६ वर्षीय निरज गुप्ता गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि वीरगञ्ज पठाउने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

