राष्ट्रिय दैनिक /नवलपरासी , १९ फागुन
पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नम्बर ४ मा अवस्थित गाेबरहिया प्रहरीचाैकि इन्चार्ज एलबि सेन्चुरी स्थानीय जनताको शान्ति सुरक्षामा दिनरात लागि रहनु भएको छ।
नवलपरासी सरावल गाउँपालिका वडा नम्बर ३,४,५ र रामग्राम नगरपालिका १७ कार्यक्षेत्र रहेकाे आमजनताकाे सुरक्षा गर्नेमा कुनै पनि कसर बाँकी नराखेकाे समेत स्थानीयले बताएका छन ।
इन्चार्ज सेन्चुरीले यश क्षेत्रमा अाउदा यहाँका स्थानीय निकासका जनप्रतिनिधि , समाजसेवी लगाएतकाे ब्यक्तिहरुसंग सल्लाह सुझाव लिदै जनताकाे सेवामा कटिबद्ध रहेर काम गरिरहेकाे समाजसेवी सुखाडि प्रसाद चाैधरीले जानकारी दिनुभएको हाे।
गाेबरहिया चौकी इन्चार्ज भएपछि प्रहरी गाउँलेबीचको सम्बन्ध सुधारको काम गर्दै गाउँमा दिनहु हुने झगडामा कमी आएको, गाउँमा मदिरा नियन्त्रण, सवारी दुर्घटनामा कमी, चोरी, लुटपाट, आपराधिक घटना र महिलामाथि हुने घरेलु हिंसाका घटना न्यून भएको स्थानीयको भनाइ छ ।
दिनहुँ मदिरा खाएर झगडा हुने गरेकोमा उनी आएपछि गाउँ शान्त भएको समाजसेवी बिनाेद पाण्डेय बताउनु भएको हाे ।
इन्चार्ज सेन्चुरी अाएदेखि प्रहरी र गाउँलेबीच समन्वयात्मक सम्बन्ध हुनुका साथै चौकी क्षेत्रमै शान्तिसुरक्षाको अनुभूति भएको गाउँलेको बुझाइ छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

