राजन कुमार बानिया/पर्सा १९ फागुन
थारु कल्याणकारणी सभा पर्साको अध्यक्ष हेम नरायण चौधरीको अाज हिन्दु रितिरिवाजका साथै अाफ्नै पटेर्वासुगौली गाउँपालिकाको देउरिया बान्ध नजिक भलुवाही खोलामा दाहसंस्कार गरिएको छ। हेम नरायण चौधरीका जेठो छोरा हृदय नारायण चौधरीले अाज साढे १२. बजे हिन्दु रिवाज लाई पुरा गरी मुखअगनी दिनु भएको थियोे । थारु कल्याणकारी सभा पर्साको अध्यक्ष ७८ वर्षिय हेम नरायण चौधरीको मंगलबार राती १० बजे निधन भएको र बुधबारको दिन भलुवाही खोलामा दाहसंस्कार गरिएको थियो। चौधरीको तिन वटा छोरा र तिन वटा छोरी रहेको परिवारीक स्रोतले जनाएका छन। जेटो छोरा ईन्जिनियर हृदयनारायण चौधरी , माईलो छोरा पटेर्वासुगली गाउँपालिका अधयक्ष हरिनारायण चौधरी र सानो छोरा समाज सेबी राजकिसोर चौधरी ,र तिन वटा छोरी रहेका छन।अधयक्ष हेमन चौधरी को दाहसंस्कार मा पुर्वमंत्री सुरेन्द्र चौधरी, प्रदेश सभा सदस्य शंकर प्रसाद चौधरी , संबिधान सभा सदस्य जयप्रकास थारु, राजकुमार गुप्ता ,नेपाली काँग्रेस पार्टी पर्सा अध्यक्ष अजय दुवेदी,पुर्व सांसद राजेन्द्र बहादुर अमात्य,जिल्ला बिकास समिति पर्सा का पुर्व सभापति जनार्धन सिंह क्षेत्री, जिराभवानी गाउँपालिका अध्यक्ष रामपुत महतो,युवा नेता धर्मेन्द्र पटेल, तेजप्रताप निषाद लगायत को उलेखनिय सहभागीता रहेको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

