Rashtriya Dainik

काङ्ग्रेस त्यागेका नवलपरासीका नेताहरु रास्वपामा खुले

राष्ट्रिय दैनिक / नवलपरासी ,५ फागुन

नेपाली काङ्ग्रेस परित्याग गरेका नेपाली काङ्ग्रेसका नेताहरु रास्वपामा खुलेका छ्न ।विभिन्न पदिय जिम्मेवारीमा रहेर असन्तुष्ट बनी पार्टी छाडेका नेताहरु क्रमिक रुपमा रास्वपामा खुलेका हुन ।

नेपाली काङ्ग्रेसका जिला सदस्य ध्रुव राज जम्मरकट्टेल,बर्दघाट नगर सभापति दामोदर जिसी,प्रदेश सभा क्षेत्र नम्बर १ का सचिव बालिन्द्र बिक्रम शाही,प्रदेश १ क का सचीव भवानी शङ्कर भट्टराई लगायतका नेताहरु रास्वपामा समाहित भएका छ्न ।बर्दघाट नगरपालिका वडा नम्बर १४ स्थित रास्वपाको प्रचार प्रसार कार्यालयमा रास्वपाका जिल्ला सभापति महेन्द्र सेन ठकुरीले पार्टीको ब्याज लगाएर उनिहरुलाई रास्वपामा स्वागत गरेका छ्न ।

पार्टी बाट अलग भएका अन्य नेता तथा कार्यकर्ताहरु रास्वपामा आबद्ध हुँदै जाने क्रम देखिएको छ ।नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनाल रास्वपा बाट उम्मेदवार बनेपछि उनलाई सघाउन पार्टी त्याग गरेको बताईन्छ ।जिल्लामा हाल सम्म पदिय जिम्मेवारीमा रहेका ८ जनाले पार्टी छाडेका छ्न।यो क्षेत्रबाट काङ्ग्रेसका केन्द्रीय सदस्य बिनोद चौधरी पुनः उम्मेदवार बनेपछि काङ्ग्रेसमा असन्तुष्टि पैदा भएको बताईन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित