Rashtriya Dainik

सुनवल–सरावलमा थापाको घरदैलो अभियान, कार्यकालका उपलब्धि र सादगीपूर्ण नेतृत्वको चर्चा

राष्ट्रिय दैनिक / नवलपरासी ,५ फागुन

पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा नेपाली कांग्रेसका नेता भिम बहादुर थापा (भरत) ले सुनवल नगरपालिका वडा नं १ र ४ तथा सरावल गाउँपालिका–३, सरावलमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन्।

घरदैलोका क्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै विकासका प्राथमिकता, रोजगारी सृजना, शिक्षा–स्वास्थ्य सुधार र पूर्वाधार विस्तारका विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए। थापाले सुनवल नगरपालिकाको निवर्तमान नगर प्रमुख (मेयर) रहँदा सडक स्तरोन्नति, खानेपानी विस्तार, शैक्षिक संरचना सुदृढीकरण तथा सरसफाइ अभियानमा उल्लेखनीय काम गरिएको दाबी गरे।

उनले कार्यसम्पादनका आधारमा आफू लुम्बिनी प्रदेशमै उत्कृष्ट काम गर्ने स्थानीय तह प्रमुखका रूपमा पुरस्कृत भएको उल्लेख गरे। साथै पदमा रहँदा तलब–भत्ता नलिएको र सरकारी सवारीसाधन प्रयोग नगरेको बताउँदै पारदर्शिता र सादगीलाई प्राथमिकता दिएको जिकिर गरे।
थापाले स्थानीय तहमा प्राप्त अनुभवलाई संघीय संसदमार्फत क्षेत्र नं २ को समग्र विकासमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले विकासका काम र नेतृत्वशैलीबारे सकारात्मक प्रतिक्रिया दिएको जनाइएको छ।

निर्वाचन नजिकिँदै जाँदा क्षेत्र नं २ मा उम्मेदवारहरूको घरदैलो र जनसंपर्क कार्यक्रमहरू तीव्र बन्दै गएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित