Rashtriya Dainik

पर्सागढीमा कांग्रेस छोड्दै २ दर्जन युवा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

पर्सागढी, ४ फागुन।

फागुन २१ मा प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा पुराना पार्टी परित्याग गरी नयाँ पार्टीमा प्रवेश गर्ने युवाहरूको लहर चलेको छ।

पर्सागढी नगरपालिकामा दुई दर्जनभन्दा बढी युवाहरूले नेपाली कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।

रास्वपा पर्सागढी नगरपालिका सभापति कवि अर्यालको अध्यक्षतामा मनवा बजारमा भएको प्रवेश कार्यक्रममा नेता चन्द्रभुषण सिंहले नवप्रवेशीलाई पार्टीमा स्वागत गरे। कार्यक्रममा समाजसेवी रविशंकर दास चौधरी, वडा–९ का नेपाली कांग्रेस प्रत्यासी निरज चौधरी, भु. पु. प्रहरी रामाधारी यादव र मीन बहादुर भण्डारीसहित दुई दर्जन युवा सहभागी थिए।

नेता सिंहले नवप्रवेशीलाई फागुन २१ को निर्वाचनपछि बालेन नेतृत्वको सरकारले देशमा सुशासन ल्याउने विश्वास व्यक्त गर्दै स्वागत गरेका

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित