उर्मिला यादव यात्री फागुन १९
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ११ बडेरामा अवस्थित सिस्कीन सेकेन्डरी इंगलिस स्कुलको १९ औ बार्षिक साधारण उत्सव तथा पुरस्कार बितरण कार्यक्रम आज बुधबार सम्पन्न भएको छ । बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष घनश्याम आलेको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्रिन्सिपल सोमन्त खनालले स्वागत मन्तब्य राख्दै बिद्यालयको शैक्षिक बिकासमा आफु प्रतिबद्ध भएर लागि परेको बताउनु भएको छ । आजका बालबालिका भबिष्यको कर्णदार भएकोले उनीहरुको शैक्षिक गुणस्तरमा शिक्षकहरु पनि प्रतिबद्ध भएर लाग्नु पर्नेमा जोड दिनु भएको छ । बिद्यार्थीहरुका लागी एउटा शिक्षक मात्र नभएर साथी र अभिभावकको रुपमा पनि शिक्षकहरुले भुमिका खेल्नुपर्ने बताउदै आगामी दिनमा बिद्यार्थीहरुको शैक्षिक गुणस्तरमा बृद्धि गर्ने उदेश्यले बिद्यालयले थप कार्यक्रम गर्ने समेत बताउनु भएको छ ।

कार्यक्रममा प्रिन्सिपल खनालले बिद्यालयको प्रगति प्रतिबेदन समेत प्रस्तुत गर्नु भएको थियोे । कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा १० सम्मको बिद्यार्थीहरुलाइ शैक्षिक सत्र २०७६ सालको एकेडेमीक पुरस्कार साथै खेलकुद तर्फको पुरस्कार समेत बितरण गरीएको थियो भने बिद्यालयका शिक्षक शिक्षिकाहरुलाइ समेत सम्मान गरीएको थियो । बिद्यालयका शिक्षक मदन चौधरीले संचालन गर्नु भएको कार्यक्रममा बिद्यालयका प्रबन्ध निर्देशक डम्बर बहादुर गुरुंग , शिक्षक सुनिल शाही लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा बिद्यालयका बिद्यार्थी र शिक्षक लगायत पाच सय जनाको सहभागिता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

