राजन कुमार बानिया |पर्सा, ४ फागुन पर्साको ठोरी गाउँपालिका–२ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरी १९ जना स्थानीय कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। पर्सा क्षेत्र नं. ४ का प्रतिनिधिसभा उम्मेदवार रमेश रिजालले नवप्रवेशीलाई टीका लगाएर पार्टीमा स्वागत गरेका हुन्। प्रवेश गर्नेहरूले रिजालको नेतृत्व, विकासमुखी एजेन्डा र लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धतामा विश्वास व्यक्त गर्दै कांग्रेसमा आबद्ध भएको बताएका छन्। साथै आगामी निर्वाचनमा उनलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै रिजालले नेपाली कांग्रेसलाई विकास र लोकतन्त्रको संवाहक पार्टीका रूपमा प्रस्तुत गर्दै जनताको साथ र विश्वास अपरिहार्य रहेको बताए। उनले ठोरी क्षेत्रको समग्र विकास, समृद्धि र जनजीवन सुधारका लागि आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गरे। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।