तुलसीराम पौडेल/सियारी,४ फाल्गुन रुपन्देहीको सियारी गाउँपालिका -४ शिवपुर स्थित श्री सिद्धेश्वर शिव मन्दिर परिसरमा श्री शिवज्योती सामाजिक केन्द्रको आयोजनामा म्याराथुन दौड प्रतियोगिता रक्तदान ,कुर्सी दौड प्रतियोगिता ,हण्डिफोर प्रतियोगिता सहित वृहत् सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ। हरेक बर्ष जस्तै निरन्तररुपमा यस बर्ष पनि महाशिवरात्रीको शुभ अवसरमा श्री शिव ज्योती सामाजिक केन्द्रको विभिन्न प्रतियोगिता सहित सास्कृतिक कार्यक्रम आयोजना गरिएको हो । शिवरात्रीको शुभ दिन आइतबार सम्पन्न म्याराथुन दौड प्रतियोगितामा गैडहवा -८ रुपन्देहीका उमेश बरइ प्रथम भएका छन् ।त्यसै गरि सियारी -७ का मनोज केवट दोस्रो र सियारी -३ का सचिन कुर्मी तेस्रो भएका छन् ।सम्पन्न कुर्सी दौड प्रतियोगितामा सियारी -४ कि विनिता भुसाल विजयी भएकि छन् । शिवरात्रीकै शुव अवसरमा सम्पन्न रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेका थिए जसबाट ४४ युनिट रगत संकलन भएको आयोजकले जानकारी दिएका छन् । रक्तदान कार्यक्रम श्री शिवज्योती सामाजिक केन्द्रको आयोजना र नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार इकाई सिद्वार्थ नगरको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । सास्कृतिक कार्यक्रममा संस्कार इङलिस बोर्डिङ स्कुल,दुर्गा शैक्षिक गृह र बाल कल्याण प्रावीका नृत्य प्रस्तुतिहरु , रास्टिय हास्य कलाकार सुवोध गौतमका बेजोड प्रस्तुती , ड्रप बिट एकेडेमी – बुटवलका कलाकारहरुको प्रस्तुति र स्थानीय कलाकारको बेजोड प्रस्तुति रहेको थियोे । कार्यक्रम श्री शिवज्योती सामाजिक केन्द्रका अध्यक्ष प्रकाश पोख्रेलको अध्यक्षता तथा सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । संस्थाका सदस्य यमलाल आचार्यको स्वागत मन्तव्य एवं संस्थाका सचिव सन्दर्भ सिलवालको संचालनमा सम्पन्न कार्यक्रममा पब्लिक माविका अध्यक्ष खिमबहादुर ज्ञवाली लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे । कार्यक्रम संस्थाका उपसचिव उमेश खत्रीको संयोजकत्वमा सम्पन्न भएको थियोे । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।