पर्सागढी–५ मा एमालेको जनलहर, अगुवा भेलासँगै व्यापक पार्टी प्रवेश

कृष्ण यादव | वीरगञ्ज ,४ फागुन

पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्सागढी नगरपालिका–५ बहुअरावामा अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी सयौँ कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन्।

भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रिमा कुमारी यादवले क्षेत्रको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याइन्। गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र आधुनिक कृषि प्रणालीमार्फत स्थानीय जनताको जीवनस्तर उकास्न पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन्।

कार्यक्रममा विजय सरावगी, समानुपातिक उम्मेदवार बिचारी यादव, पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठक, बहुदरमाई नगरपालिकाका प्रमुख सिंघासन साह तथा पूर्व वडा अध्यक्ष असलम आलमलगायतले सम्बोधन गर्दै संगठन सुदृढीकरण र विकास निर्माणमा एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए।

आयोजकका अनुसार जसपा नेपाल र नेपाली कांग्रेसलगायत विभिन्न दलबाट ठूलो संख्यामा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित