उमेश बि.क / नवलपरासी , १९ फागुन
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका लक्षित वर्गलाई फागुन २३ गते देखि काेभिड विरुद्धको खाेप लाग्ने भएको छ ।
बुधबार सरावल गाउँपालिकाकाे पालिका स्तरीय खाेप समन्वय समितिका पदाधिकारीहरुलाई काेभिड विरुद्धको खाेप सम्बन्धि सचेतना कार्यक्रममा फागुन २३ गतेदेखि खाेप लाग्ने जानकारी गराइएको हाे।
सरावल स्वास्थ्यशाखाको अायाेजनामा काेभिड विरुद्धको खाेप सचेतना कार्यक्रम सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे अध्यक्षतामा गरिएको हाे ।
काेराेना भाइरस तथा राेग लाग्ने दर र मृत्यु दर घटाउने उद्देश्य साथ काेभिड १९ विरुद्ध खाेपबाट राेगकाे राेकथाम , खाेप लगाउदा ध्यान दिनुपर्ने कुराहरु ,बच्ने उपाय तथा खाेप अभियान सन्चालन रणनीति विषयमा सचेतना कार्यक्रम गरिएको हाे।

फागुन २३ गते देखि सरावल गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका ५५ बर्ष माथि,निजि तथा सरकारी विद्यालयका शिक्षक , सार्वजनिक सवारी चालक र सहचालक,पहिलो र दाेस्राे चरणकाे खाेप अभियानमा छुटेका लक्षित वर्गलाई स्थानीय तहकाे पहिलो चरणकाे खाेप अभियानमा प्राथमिकता दिइने स्वास्थ्यशाखा प्रमुख अाेम नरायण देवकोटाले जानकारी दिनुभएको हाे।
२३ गते हुने खाेप अभियानमा सम्पुर्ण लक्षित पालिकाबासि अाअाफ्नाे वडाकाे स्वास्थ्यसंस्थामा समावेश भई माैकाकाे फैदा उठाउन गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले अनुरोध गर्नुभएको हाे।
सचेतना कार्यक्रमकाे सहजिकरण स्वास्थ्यशाखा प्रमुख अाेम नरायण देवकोटाले गर्नुभएको हाे।
सचेतना कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उत्तमा राय ,प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेल ,जिल्ला काेल्ड चेन निरीक्षक त्रिलाेकी सिंह लगाएत वडा अध्यक्ष, वडा सदस्य ,स्वास्थ्यकर्मीहरुकाे,सन्चारकर्मी लगाएतकाे सभागीता रहेको थियाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

