Rashtriya Dainik

असई मिश्राले बुढगाई नाकाबाट तस्करीको लाईन खुल्ला गरे,एसपी पाण्डे मौन।

राजन बानिया/पर्सा १९ पर्सा
पर्साको सिमावर्ती बुढगाई नाका भएर व्यापक मात्रामा तस्करी भईरहेको छ। प्रहरी चौकी बुढगाईको साईड बाटो भएर भारतको सिकटा बजार बाट
अबैध रुपमा भन्सार छली नेपालको बुढगाई प्रहरी चौकीले खुल्याम बिहान र रातीको समयमा भारतिय सिकटा,सडकियाटोला ,मिलपर्सा बलथर , र नेपालको भिस्वा, जयमंगलापुर,तुल्सीवर्वा,लंगडी,पोखरिया,हरिहरपुर बिर्ता,भेडिहारी लगायतको ठाउँको तस्कर हरुको मिलोमतो मा व्यापक तस्करी भईरहेको छ। सिकटा बजार बाट कपडा,कस्मेटिक ,चिनी ,खानेतेलब्रान्ड , धान, भारतिय चपल , र किराना समान र नेपालको भिस्वा,बुढगाई बाट नेपाली कस्टमेटिक ,मोटर, लवग,लाईची,छोहडा,मरिच,सुपरीडराम ,सेव र रकसी सराबको तस्करी मोटरसाईकल र साईकल र पैदल टाउकोमा लिएर नेपालमा भित्रयाएर नेपालको भिस्वा र बुढगाई जयम्ंगलापुरमा लयाई पठाउने मोटरसाईकलमा लोड गरि नेपाल प्रहरी र सशस्त्र प्रहरी र भारतिय प्रसाशन हरुलाई नाजराना दिएर भारत र नेपालको पोखरिया, महुवन ,बिरगंज ,जितपुर,रंगपुर लगायतको ठाउँमा तस्करीको समान लगिरहेका छन। बुढगाई प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक सुन्दर कान्त मिश्राले सडकियाटोला भएर खुल्याम नाजराना असुली रहेको छ। रातीको बखतमा ब्यपाक तस्करी शुचारु गराएका छ। उचअधिकारी हरु सो स्थानमा नजरपुगदैन भन्दै तस्कर हरुको लाईन खोलेको छ।प्रहरी ईन्चार्ज मिश्राले नेपाल भारतको तस्कर हरु संग महिनवारी र कतिपै तस्कर हरु संग प्रति तस्कर हरु संग प्रतेक नाईट ५ हजार देखि १० हजार समम लाईन लिएको स्रोतले जनाएका छन। सिमामा रहेको भिस्वा,र बुढगाई नाकामा काम गर्न तस्कर हरु संग जिल्ला प्रहरी कार्यलय पर्सा र प्रदेश नं २ प्रहरीको नाउमा समेत नाजराना उठाउने गरिरहेको छ। दिनहु लाखौको भारतिय समान हरु अबैध रुपमा भंसार राजस्व चुहावट गरि नेपाल भित्रयाउने गरिएको मा प्रहरीका उचअधिकारी हरुले मौन बसेका छन। बाटोमा रहेको बंजारी प्रहरी चौकी ७ हजार, बिरंचीबर्वा ईलाका प्रहरी कार्यालयले ५ हजार सबैठवा ७ हजार उठाउने गरिरहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित