कालिकामाईमा तेस्रो पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु, तीन दिनसम्म खेल प्रतिस्पर्धा

राजन कुमार बानिया /पर्सा, २८ माघ

पर्साको कालिकामाई गाउँपालिकामा तेस्रो पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि सुरु भएको छ। हरिहरपुर बिर्ताको चौरमा आयोजित प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले पानसमा दीप प्रज्वलन गरी गर्नुभयो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष गुप्ताले खेलकुदले शारीरिक व्यायामका साथै गाउँपालिका र राष्ट्रको पहिचान स्थापित गर्ने बताउनुभयो। “खेलकुद स्वास्थ्यका लागि औषधि सरह हो। शिक्षासँगै प्रत्येक विद्यार्थीका लागि खेलकुद अपरिहार्य छ,” उहाँले भन्नुभयो। विद्यार्थीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्दै उत्कृष्टता हासिल गर्न आग्रहसमेत गर्नुभयो।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका ५ वटा माध्यमिक विद्यालयसहित ११ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका छन्। हाईजम्प, लङजम्प, दौड, क्रिकेट, भलिबललगायत विभिन्न खेलहरू प्रतियोगितामा समावेश छन्।

शिक्षा शाखा प्रमुख हिमान्सु भटको अध्यक्षतामा सुरु भएको कार्यक्रममा वडाध्यक्ष लालबाबु चौरसिया, सोनालाल चौरसिया, कार्यपालिका सदस्य, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, प्रशिक्षक तथा स्थानीयबासीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूले विद्यालयको ब्यानरसहित मार्चपास प्रदर्शन गरेका थिए भने छात्राहरूले आकर्षक नृत्य प्रस्तुति पनि दिएका थिए।

आयोजकका अनुसार प्रतियोगिता आगामी तीन दिनसम्म सञ्चालन हुनेछ र उत्कृष्ट खेलाडीहरूलाई पुरस्कृत गरिनेछ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
mimislot
MIMI PORTAL
mimislot
mimislot
mimislot
Slot Gacor