भारतबाट अबैधरुपमा ल्याउदै गरेकाे २१थान माेबाईल सशस्त्र प्रहरी काे नियन्त्रणम नन्दु यादव ,कार्तिक ७पश्चिम नवलपरासी अहिले पश्चिम नवलपरासी मा सशस्त्र प्रहरी बलले निकै कडा रुपमा प्रस्तुत भएकाे छ ।कडा रुपमा प्रस्तुत हुदा तस्करी मा नियन्त्रण हुन थालेका छन ।कडा प्रस्तुति ले तस्करहरु तस्करी गर्ने कार्यबाट हरेस खाई बिस्तारै हराउन थालेका छन ।यसै गरि सुस्ता गाउँपालिका वडा न ५ नन्दनगरबाट अाज सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. गुठिप्रसौनीले माेबाईल नियन्त्रणमा लिएकाे छ ।गुठिप्ररसाैनीबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोष खरेलको कमाण्डमा खटिएको मोबाईल गस्ती टोली ले भारतिय माेबाईल नियन्त्रणमा लिन सफल भएकाे हाे । गस्ती टाेलिलाई देखि भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको रु .२,०५,८००।-बराबरको २१ थान Realme C11 मोबाईल सेट छाडी भागि गएको हुँदा उक्त मोबाईल बरामद गरिएकाे सशस्त्र प्रहरी बल नेपाल न२६गण पश्चिमी नवलपरासी का सुचना अधिकारी राेशन घिमिरेले जानकारी दिनु भयाे । बरामद गरीएकाे माेबाई अावश्यक कार्वाही काे लागि महशेपुर भन्सार कार्यालय पठाईएकाे बताईएकाे छ । केही दिन अगाडि चाडपर्वको मौका छोपी तस्करहरुले फाईदा उठाउन सक्ने हुनाले जिल्लाको शान्ति सुरक्षा एंव सीमा निगरानीमा सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा. पश्चिम नवलपरासीका गणपति सशस्त्र प्रहरी उपरीक्षक महेश अधिकारीले अाफ्नाे मातहत युनिटलाई कडा निर्देशन दिनु भएकाे थियाे । अवैध चोरी तस्करीमा शुन्य सहनशिलताको नीति अवलम्बन गरेकोले पश्चिम नवलपरासी जिल्लामा यस गण तथा मातहत ईकाहरुबाट आश्विन महिनामाा रु.३९,०८,८४५।– बराबरको अवैध सामान बरामद गरी महेशपुर भन्सार कार्यालयमा बुझाउन सफल भएकाे हाे ।आगामी दिनहरुमा समेत उच्च सतर्कता अपनाई सीमा सुरक्षामा कुनै कसर बाकि नराखी काम गर्ने गराउने प्रतिबद्धता समेत अधिकारी ले ब्यक्त गर्नु भयाेे । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।